कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

रासस

सारांश
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु भएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवैजनाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
घटनामा परी इलामका ३२ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन् । मणिपाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।
शनिबार (भदौ २०) बिहान करिब ११ बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका निम्ति सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका निम्ति मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए ।
सुपर सेती माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको आयोजना हो ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















