बानेश्वरको मातृका आँखा अस्पतालमा शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली पुग्यो

जगत ठाडा मगर
२०७८ भदौ २४ | मध्यान्ह ०२:०५ बजे

काठमाडौँ । पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालको एक भवनमा शंकास्पद वस्तु भेटिएको छ ।
बिहीबार बिहान अस्पतालको तेस्रो तलाको शौचालयमा बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरेको थियो । उक्त वस्तु पहिचान गर्न र सुरक्षित तरिकाले नष्ट गर्न नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ ।
घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सवारी आवागमन रोकिएको छ ।






















