पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

जगत ठाडा मगर
२०७८ भदौ २२ | बिहान ०८:०५ बजे

मुग्लिन । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।
पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए ।
पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने घिमिरेले बताए । रासस






















