बाढी/पहिरो

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते

रासस
२०८३ साउन २८ | बिहान ०७:०४ बजे
फाईल तस्बिर

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेको छन् ।

कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएरका थिए । गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ घर /गोठ क्षति पुगेको छ ।

थप विवरण आउन बाँकी ।

कमेन्टहरु