देश

तीजको रातो साडीमा छमछम नाच्ने आदिवासी महिलाहरुलाई आङकाजी शेर्पाको प्रश्न……….

जगत ठाडा मगर
२०७८ भदौ २१ | बिहान ०८:०५ बजे

(१) तपाईहरूको एक दिनको मनोरन्जनले आदिवासीको संस्कृतिमा अपुरणीय क्षति पुग्छ भन्ने हेक्का छ कि छैन ?

(२) आफ्नो चाडपर्वहरु समाप्त पारेर अरुको चाडपर्वमा रमाउनु भनेको असारमा आफ्नो खेत बाँझो राखेर अरूको खेतमा रोपाई गरे जस्तो भएन र ?

(३) २५० बर्षदेखि हिन्दुकरणको शोषण र दमनका कारण लोप हुने अवस्थामा पुगेका हाम्रा चाडपर्वहरुलाई संरक्षण र विकास गर्नुको सट्टा अरुको चाडपर्व मनाउदा हाम्रा चाडपर्वहरु अस्तित्व समाप्त हुदैन र ?

(४) तीज आदिवासी जनजातिहरुको चाड होइन । रातो साडी लगाएर तपाईहरू नाच्दा तपाईका शन्तानहरुमा कस्तो प्रभाव पर्ला ?

(५) आदिवासीहरूलाई नाक थेप्चे र ऑखा चिम्से भयो भनेर फिल्ममा नखेलाउने !
तर तीजको गीती एल्बममा पैसा दिएर आदिवासी कलकारलाई नचाएर गाउँका सिधासाधा आदिवासीहरू महिलाहरूलाई तीज मनाउन लगाउने षड्यन्त्र हाे भन्ने थाहा छ कि छैन ?

(६) सामाजिक सदभावको नाममा हामी आदिवासीहरू तीज कार्यक्रम आयोजना गरेर छमछम नाच्छौ !
तर हामी आदिवासीको चाडपर्व, लोसार, साकेला, उद्यौली उभौली, महपूजा, तेमाल, जात्रा, माघे सकराती, छठ, भुमे पूजाहरूमा बाहुन बाहुनीहरू आएर नाचेको र आयोजना गरेको कसैले देख्नु भएको छ ? फोटो छ भने देखाउनुस त ?

बुझ्नेलाई यो कुरा गहिरो छ
नबुझ्नेलाई घर छेउमा पहिरो छ ।

कमेन्टहरु