अप्ठ्याराेमा परेकालाई घरमा ग्याँस पुर्याउँछौँ : जिप्रका चितवन

रासस
२०८३ साउन १८ | मध्यान्ह ०२:०४ बजे

चितवन । चितवन जिल्ला प्रशासनले अप्ठ्यारोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ । एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्याँस उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठ्यारोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्याउने व्यवस्था मिलाएको छ ।
व्यक्ति विशेषले समेत ग्याँस नपाएमा टोल फ्री नम्बरमा फोन गर्न प्रशासनले अनुरोध गरेको छ । जिल्लामा बाबा, साइबाबा र नेपाल ग्याँस उद्योग छ । गैँडाकोटमा रहेको जानकी ग्याँसको बजार क्षेत्र चितवन हो ।
चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्याँस अभाव नहुने जानकारी दिएका छन् । बाबा ग्याँसका सञ्चालक विमल कालाखेतीले पहिलेको तुलनामा पर्याप्त ग्याँस आएकाले बजारमा अभाव नहुने जानकारी दिए ।





















