देश

विजयनगर गाउँपालिकाको दत्तपुरमा सरसफाई कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ १९ | मध्यान्ह ०९:०५ बजे

घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वार्ड न .७ दत्तपुरमा आयोजना गरेको सामुदायिक प्रहरी साझेदारी सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
photo 2021 09 04 21 02 42

नेशनल एम.एच ब्रदर ग्रुप आफ नेपाल बिजयनगर गाउँपालिकाको “हर प्रहरी गाउँ नगरी, टोल टोल नेपाल प्रहरी ” मूल नारा रहेको थियो । यो सरसफाई कार्यक्रममा सामुदाक प्रहरी साझेदारी र गाउँ र ठाकुरापुर प्रहरी चौकीका प्रहरी इंचार्ज श्री हेम बहादुर जि.सीले मिलेर सरसफाइ अभियान सम्पन्न गरिएको हो ।

समुदाय, गाउँ घरको सरसफाइले गर्दा बिश्व भरमा फैलिएका कोरोना भाइरस (कोभिड १९) जस्ता रोग र अरु विभिन्न किसिमको रोग, बिरोधबाट बच्नको उदेश्य हो । यस्तो रोगबाट बच्नका लागि समुदाय र गाउँ सरसफाई राख्नको सबभन्दा पहिलो कार्य यसले गर्दा गाउँमा सरसफाई अभियान संचालन गरिएको ठकुरपुरको प्रहरी इन्चार्ज जि .सीले जानकारी दिनु भएको हो ।

कमेन्टहरु