घटना

बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर महिलाको मृत्यु

रासस
२०८३ साउन ११ | मध्यान्ह ०३:०४ बजे

सुदूरपश्चिम । बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

उनका अनुसार, सोमबार बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२, कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुंगा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।

कमेन्टहरु