घटना

सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु

रासस
२०८३ साउन ८ | बिहान १०:०४ बजे

भद्रपुर (झापा) । झापाको कमल गाउँपालिका–५, पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोसी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय  खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार, मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट तालिम प्राप्त गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्टहरु