इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते

एजेन्सी
२०८३ साउन ५ | मध्यान्ह १२:०४ बजे

वाशिङटन डीसी । जुलाई ७ यता इरानसँग जारी युद्धका क्रममा झन्डै सय जना अमेरिकी सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले बताएको छ ।
मन्त्रालयका पेन्टागनका प्रवक्ता शन पार्नेलले सामाजिक सञ्जाल एक्समा एउटा पोष्टमार्फत उक्त जानकारी दिएका हुन् । पार्नेलका अनुसार जुलाई ७, २०२६ देखि हालसम्म करिब १०० सैनिक घाइते भए पनि तीमध्ये ९६ प्रतिशत सैनिक पुनः आफ्नो ड्युटीमा फर्किसकेका छन् ।
यसअघि सोमबार अमेरिकी समाचार संस्था सीएनएनले पनि अमेरिकी सेनाले सैनिकहरू घाइते भएको जानकारी सार्वजनिक गर्न ढिलाइ गरेको जनाएको थियो । सीएनएनका अनुसार यो ढिलाइ सैनिकहरूको सुरक्षा र गोपनीयता कायम राख्ने उद्देश्यले गरिएको बताइएको छ । पेन्टागनले भने अधिकांश चोट सामान्य प्रकृतिका रहेको र धेरैजसो सैनिकहरू पुनः आफ्नो नियमित जिम्मेवारीमा फर्किएको जनाएको छ ।






















