घटना

चितवनमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु

नवलपुर टुडे
२०८३ साउन २ | मध्यान्ह ०८:०४ बजे

चितवन । चितवनको बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो।

आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पुर्‍याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो।

कमेन्टहरु