देश

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि युवाहरुको प्रदर्शन

जगत ठाडा मगर
२०७८ भदौ १८ | मध्यान्ह १२:०५ बजे

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।
photo 2021 09 03 12 32 29

प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको हो । अभियानका संयोजक निर्ग जैसी (नवीन)ले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताए ।

पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् । जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन् ।

उनले आफ्नो नेतृत्वमा एक हजार एक जनाको ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ गठन गरेको बताए। आजको विरोध प्रदर्शन भने काठमाडौं जिल्ला समितिका सम्राट थापाले आयोजना गरेको जैसीले बताए ।
photo 2021 09 03 12 32 28
photo 2021 09 03 12 32 27

कमेन्टहरु