स्याङ्जाको पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु

रासस
२०८३ असार ३२ | बिहान १०:०३ बजे

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ ।
भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा बिहीबार (असार ३२) बिहान अचानक गोठ भत्कँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए ।
गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुन सक्ने वडाध्यक्ष गुरुङले बताए ।






















