देश

अफगामिस्तानमा नयाँ सरकार घोषणाको तयारीमा तालिवान

जगत ठाडा मगर
२०७८ भदौ १७ | मध्यान्ह ०४:०५ बजे

एजेन्सी । अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन्। सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको तालिवानले बताएका छन्।

तालिवानका एक प्रमुख नेता मुल्लाह हबितुल्लाह अखुन्जादाले केही दिनअघि अफगानिस्तानका नेतासँग सरकार बनाउने विषयमा छलफल गरेका थिए । यस विषयमा उनले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईसँग पनि परामर्श गरेका थिए। पूर्वराष्ट्रपति कारजाईले तालिवानका वरिष्ठ नेता अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेका बताइएको छ।

केही दिन अघि नै सरकार बनाउनका लागि भन्दै तालिवानका नेता अनस हक्कानी पनि अफगानिस्तानको राजधानी काबुल पुगेका थिए। यी नेताका भेटवार्तामा अफगानी उच्च सदन सिनेटका अध्यक्ष अब्दुल हादी मुस्लियार पनि सहभागी रहेका बताइएको छ।

अफगानिस्तानमा संयुक्त र सर्वपक्षिय सरकार बनाउने विषयमा छलफल भएको तालिवान नेताहरुले बताउँदै आएका छन्। तालिवान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गत हप्ता मात्र अफगानिस्तानमा सबै पक्षलाई समेटेर समावेशी सरकार निर्माण हुने बताएका थिए। उनीहरुले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए।

कमेन्टहरु