देश

तनहुँ, दाङ र कास्कीका सिडिओसँग गृहमन्त्री खाँणको फोनवार्ता

जगत ठाडा मगर
२०७८ भदौ १७ | मध्यान्ह ०२:०५ बजे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरि पहिरोले गरेको क्षतिबारे जानकारी लिएका छन् ।

बिहीबार उनले कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर लगातार वर्षातपछीको पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका हुन् । यस्तै दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग बिहान भएको कार दुर्घटनाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन् । तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्री खाँणलाई टेलिफोनमा जिल्लाको भानु नगरपालिका–११ मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताए ।

आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको उनको भनाइ छ ।

कमेन्टहरु