ट्रम्पको चेतावनी–’एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ’, इरानको जवाफ– ‘तपाईंसँग न सभ्यता छ, न सम्मान’


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको अन्त्येष्टिमा इरानको शीर्ष नेतृत्व एकै स्थानमा उपस्थित रहेको दाबी गर्दै अमेरिका चाहे एकै आक्रमणमा सबैलाई समाप्त गर्न सक्ने बताएका छन्।
त्यसपछि वार्ता गर्ने कोही बाँकी नरहने भएकोले तेयसाे नगरिएकाे उनको भनाइ छ। ट्रम्पले अन्त्येष्टिमा रोइरहेका मानिसहरूमाथि पनि व्यंग्य गर्दै भनेका छन् “ती आँसु पनि सायद नक्कली हुन सक्छन् ।”
यसैबिच, इरानको राजधानी तेहरानस्थित इमाम खुमैनी ग्रान्ड मोसल्लामा अयातोल्लाह अली खामेनेईको अन्तिम श्रद्धाञ्जलीका लागि तेस्रो दिन पनि लाखौँ मानिसको भीड लागेको छ। अन्त्येष्टिका क्रममा “अमेरिकाको मृत्यु होस्, इजरायलको मृत्यु होस्” भन्ने नारासमेत लगाइएको थियो।
खामेनेई र उनका परिवारका सदस्यहरूको शव इरानी राष्ट्रिय झण्डाले बेरिएको अवस्थामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।























