देश

सशस्त्र प्रहरी संगठनकै आदेशलाई धज्जि उडाउदै घुमुवा परिचालन

जगत ठाडा मगर
२०७८ भदौ १५ | मध्यान्ह ०६:०५ बजे

पर्सा, १५ भाद्र ÷ सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख शैलेन्द्र खनालले घुमुवा परिचालन गर्न नपाइने र नरहेको ठोकुवा गरिरहेकै बेला पर्सा जिल्लामा घुमुवा आतंक बढेको पाइन्छ । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको निर्देशनमा संगठनकै आदेशलाई लत्याउदै पर्सा जिल्लामा घुमुवा आतंक सुरु भएको हो ।

बिगत केही महिनादेखी न्यून रहेको तस्करी लाइन घुमुवा परिचालन हुनासाथ बढेको पाइन्छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको आदेशमा सशस्त्र प्रहरी सहायक हवलदार जितेन्द्र सहनीलाई खटाइएको छ । तर संगठनको नीति निर्देशनलाई नै धज्जि उडाउदै घुमुवाको माध्यमले सशस्त्र प्रहरी उपरीक्षक खडका कमाई खाने भाडो बनाएको बारे छर्लङ समेत भइसकेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले खटाएको घुमुवा सशस्त्र प्रहरी सहायक हवलदार जितेन्द्र सहनीले भाद्र १३ गतेका दिन कपडा तस्कर समुहहरुलाई बोलाई वीरगंजको बसपार्कमा रहेको होटलमा रकम लिएको बारे खुल्न आएको छ । इनर्वा, भन्सार र श्रीसियाबाट काम गर्ने कपडा तस्कर समुहहरुलाई बोलाई होटलमा बसी रकम बुझेको एक जना श्रोतले जनाएका छन । श्रोतले जनाए अनुसार कपडा तस्कर समुहहरु संग मासिक ३ लाख रुपैया बुझेर गएको बताए ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी चन्द्र प्रकाश गौतमले आफ्नो क्षेत्रमा रहेका प्रहरी अधिकारीहरुले गल्ती गरेको समयमा तानेर कारवाही समेत गरेको पाइन्छ । बारा, पर्सा, रौतहट लगायत आठ वटै जिल्लामा गल्ती गर्ने प्रहरी अधिकारीहरुलाई कारवाहीको दायरामा ल्याउन सफल भएपनि सशस्त्र प्रहरी सहायक हवलदार जितेन्द्र सहनीलाई कारवाहीको दायरामा ल्याउन नसक्नुले प्रश्णको बिषय बनेको छ ।

यता सशस्त्र प्रहरी बल नेपाल संगठनको धज्जि उडाउदै गरिएको घुमुवाको बिषयमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका संग बुझन खोज्दा उहाले सम्पर्कमा आउन चाहेन्न । आफ्नो संगठनको नीति निर्देशनलाई खिल्ली उडाउदै गरिएको घुमुवा परिचालन माथि डिआईजी चन्द्र प्रकाश गौतमको ध्यान जान अति अवाश्यक देखिन्छ ।

कमेन्टहरु