देश

बुधबारदेखि काठमाडौँको फोहोर नियमित उठाइने

जगत ठाडा मगर
२०७८ भदौ १५ | मध्यान्ह ०५:०५ बजे

काठमाडौँ । काठमाडौँ उपत्याकामा भोलि बुधबारदेखि नियमित रुपमा फोहर उठाइने भएको छ । काठमाडौँका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले लामो समयदेखि उठ्न नसकेको फोहर उठाउने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार भोलि बुधबारदेखि फोहर उठाउने निर्णय भएको हो । ‘आज (मंगलबार) फोहोर व्यवस्थापनको विषयमा बैठक बसेको थियो । अब भोलिदेखि नियमित रुपमा फोहर उठ्छ’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतसहितको बैठकले फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो । सिसडोलका स्थानीइयलाई असर नगर्ने गरी फोहोर व्यवस्थापन गर्ने तयारी थालिएको छ ।

२ वर्षका लागि मात्रै काठमाडौँको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि स्थानीयले विरोध गर्दै आएका छन् । सिसडोलका स्थानीयले दुर्गन्ध फैलिएको भन्दै बारम्बार विरोध जनाउने गरेका छन् ।

पछिल्लो पटक सिसडोलवासीको विरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकिरहेको थिएन ।अन्नपूर्ण पोष्टबाट ।

कमेन्टहरु