पेनाल्टीमा चुक्दा जर्मनी विश्वकपबाट बाहिरियो, दुई दशकपछि पाराग्वे अन्तिम १६ मा प्रवेश

नवलपुर टुडे
२०८३ असार १६ | बिहान ०६:०३ बजे

काठमाडौं । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो । निर्धारित ९० मिनेटको समयमा जर्मनी र पाराग्वेबीच १-१ को बराबरी थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो ।
पेनाल्टी प्रहारमा जर्मनी र पाराग्वेका समान दुई जनाले पेनाल्टी मिस गरेका थिए । जर्मनीका काई हार्भेज र निक वेटेमेडले गोल गर्न सकेनन् । यस्तै, पाराग्वेका फाबियन फलुबेना र एन्टोनियो सानाबिरा पनि पेनाल्टीमा चुकेका थिए । पेनाल्टी सुटमा पनि ३-३ को बराबरी भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो । त्यसमा जर्मनीका जोनाथ ताह पेनाल्टीमा चुके । पाराग्वेका जोस क्यानलेले गोल गरेपछि खेलमा जर्मनी पराजित हुन पुग्यो ।


















