देश

सडक दुर्घटनामा परी पत्रकार मण्डल घाइते

जगत ठाडा मगर
२०७८ भदौ १४ | बिहान १०:०५ बजे

जितेश मण्डल
भाद्र १४ / सिराहा: पूर्व पश्चिम लोकमार्ग गोलबजार र धनगढीमाई नगरपालिकाको सिमानाको रूपमा रहेको गागन् पुलको नजिक पूर्व तर्फबाट आउँदै गरेको ट्रकको एन्टी लाइटको कारण पश्चिम तर्फबाट घर फर्किदै गरेको मोटोरसाइकल सवार पत्रकार बिनोद मण्डलको अकस्मात दुर्घटना भएको छ । दुर्घटना हुँदा पत्रकार मण्डलको दाहिने हात भाँचिएको छ ।
photo 2021 08 30 10 08 44

मोटरसाइकल चालक मिथलेश मण्डल सामान्य घाइते अवस्थामा भएकोले निजलाई तुरुन्त घटना स्थलबाट फर्काइ स्थानीय मिर्चैया ९ मा रहेको घुर्मी किल्निकमा सामान्य उपचार सम्भव नभएपछि उनले फेसबुक मेसेन्जर मार्फत नेपाल पत्रकार महासंघ सिराहा शाखालाई गुहारेका थिए । त्यसपश्चात महासंघ सिराहा शाखाका उपाअध्यक्ष गणेश साहज्यूले तत्काल एम्बुलेन्स र प्रहरीको टोली किल्नीकमा पठाएका थिए तर अवस्था गम्भीर भएकोले पत्रकार मण्डललाई थप उपचारको लागि स्थानीय मिर्चैया स्थित मंगलम् अस्पतालमा पुर्याएको थियो ।

पत्रकार बिनोद मण्डल पत्रकार महासंघका जिल्ला सिराहा शाखाका सदस्य र नवलपुर टुडेका प्रदेश प्रमुखको रुपमा कार्यरत छ्न । हाल वहाँको अबस्था खतरा मुक्त रहेको हस्पिटलले जनाएको छ ।

photo 2021 08 30 10 08 46 photo 2021 08 30 10 08 47

 

कमेन्टहरु