देश

आज हिन्दुधर्मावलम्बीहरुका महान पर्व श्रीकृष्ण जन्माष्टमी ; राक्षसी प्रवृत्ति अन्त्य हुने विश्वास

जगत ठाडा मगर
२०७८ भदौ १४ | बिहान ०८:०५ बजे

लहान । भगवान विष्णुको आठौं अवतारको रुपमा श्रीकृष्णलाई चिनिन्छ। आजका दिन हिन्दू धर्मावलम्बीहरुले बडा धुमधामका साथ जन्माष्टमी पर्व मनाई रहेका छन। यस अवसरमा सरकारले सार्वजानिक विदा समेत दिइएको छ।

भगवान श्रीकृष्णले मामा कंशलाई बध गरेकाका दिन देखि नै राक्षसी प्रवृत्ति अन्त्य भएको जनविश्वास रही आएको देखिन्छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भएको मानिन्छ। हिन्दु पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोक्षरात्री भनिन्छ ।

आजका दिन अधिराज्य भरका कृष्ण मन्दिरहरुमा भगवान कृष्णको पुजा आराधना, भजन, प्रवचन संकिर्तन गर्नुका साथै विशेष गरी महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने चलन पनि छ। अन्याय, अत्याचार, राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न विष्णुको आठौं अवतारमा कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रमा कौरवहरुसँगको लडाइँ संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई उपदेश दिने माखन चोर अर्थात श्रीकृष्ण नै हुन। जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ। आजका दिन देश भर वा सिराहा, लहान लगायतका गाउँगाउँमा कृष्ण भगवानको मुर्ति राखी पुजा गरिदै छ।

भारतमा समेत विभिन्न समुदायका हिन्दु धर्मावलम्बीहरु कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउँदै छन। देवकी तथा बासुदेवका आठौं सन्तानका रुपमा कृष्णको जन्म भएको थियो । कृष्ण र बलिरामबिच घनिष्ठ तथा बन्धुबान्धवको सम्बन्ध थियोे । कृष्ण मथुराका यादवको भृष्नीमा लुकेका थिए। मथुरा (हाल मथुरा जिल्ला उत्तर प्रदेश ) यादवहरुको राजधानी रहेको थियोे।

देवकीका भाई राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफू राज्य सत्ता कब्जा गरेका थिए।अन्याय र अत्यचारी कंशलाई श्रीकृष्णका हातबाट मृत्यु हुने भविष्यवाणी भएका थिए। भगवान कृष्णको जन्म भए लग्त्तै रातरात्तै कृष्णलाई नन्द र यशोदा मैयाको घर पुर्‍याएका थिए, ताकि गोकुलमा भगवान आन्नदले कंशबाट टाढा रहोस।

कमेन्टहरु