देश

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ १३ | मध्यान्ह ०३:०५ बजे

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर ६ बस्ने ५० वर्षीय नागेश्वर मण्डलको आइतबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरमा कल चलाउँदा मोटरको तार सर्ट भएर करेन्ट लागेका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजादा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको र घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु