नेपाल भारत सम्बन्ध बलियो बनाउने उद्देश्यका साथ उलमाहरुको संयुक्त कॉन्फ्रेंस


कृष्णनगर/कपिलवस्तु
सुन्नी मरकज बरेलीको आयोजनामा भारत नेपाल सुन्नी उलमाहरुले संयुक्त कॉन्फ्रेंस गर्ने तैयारी भइ रहेको छ।
नेपाली उलमाको दरगाहे आलाहजरतको सज्जादानशीन मार्फत सम्मान हुने आयोजना रहेको आयोजक समितिले जनाएको छ। दुबै देश र दुबै देशमा रहेका सुन्नी उलमाबीच सम्बन्ध विस्तार हुने बिश्वास गरिएको छ । कार्यक्रम भारतको उत्तर प्रदेशको बरेलिमा आयोजना हुने छ । जहाँबाट दुबै देशका उलमाहरु सहभागिता रहने छ ।
सुफी सुन्नी बरेलवी मुस्लिमका मुख्य धर्मगुरु र मजहबी रहनुमा, आला हजरत इमाम अहमद रजा खान बरेलवी, सुन्नी बरेलवी सुफी विचारधाराको सबै भन्दा ठुलो केंद्र मरकजे अहल-ए-सुन्नत बरेली शरीफ र आलाहजरत खानदानने नेपालका सुन्नी मुस्लिमको शैक्षिक र रूहानी व सूफियाना स्तरमा धेरै सेवा गरिएको हो । नेपालको भुमिबाट मुसलमानहरुको गहिरो सम्बन्ध रहेको छ ।
आलाहजरत, खानदाने आलाहजरत, मरकजे अहले सुन्नत र यादगारे आलाहजरत जामिया रजविया मंजरे इस्लामका गहिरो र पुरानो सम्बन्ध रहेको धार्मिक मान्यता रहेको छ । नेपालको सरजमीनमा बस्ने बेशुमारहरु खानदाने आलाहजरत हरेक समयमा मुरीद हुँदै आएको छ ।
नेपालका गरीब छात्रहरु बरेलीका मदरसा मंजरे इस्लाममा रहेर फ्रीमा शिक्षा प्राप्त गर्दै आएका छन । यहाँबाट शिक्षाको रौशनीले नेपालको (पिछडिएको ) इलाका र क्षेत्रको समस्या प्रकाशित गर्नमा अहम भूमिका निर्वाह गरि रहेको छ ।
नेपाली मुसलमानमा खानकाही, सुफियाना, अमन व शान्ती वाली सुन्नी विचारधाराका प्रचार वा प्रसारलाई बढावा दिनको लागि मरकजे अहल-ए-सुन्नत दरगाहे आलालागीका प्रमुख हजरत सुबहानी मियॉ साहब र सज्जादानशीन हजरत अहसन मियॉ साहबले नेपाल लागिका लगभग ६ जिल्ला बॉके, बर्दिया, कपिलवसतु, रूपेन्देहि, दाङ, नवलपरासी तथा बुटवलसहित नेपालका उप-काजीको अगुवाईमा २५ जना आलिम, मुस्लिम पत्रकार, समाजिक कार्यकर्ता सहित एक प्रतिनिधि मण्डललाई आमंत्रित गरिएको छ ।
आयोजना हुने उक्त कार्यक्रमले भारत-नेपालको सुन्नी उलमाका दरमियान सम्बन्ध पनि बलियो हुने सुन्नी सुफी विचार धाराको प्रचार-प्रसार गर्ने उद्देश्य रहेको छ । उक्त कार्यक्रममा योगदान गरिने इत्तेहाद नेपाल, ओल्मा काउन्सिल नेपाल लगायतहरुलाई सम्मान गरिने छ । “इत्तेहादे उलमा ए हिन्द व नेपाल कॉन्फ्रेंस ” को समेत आयोजना हुने जनाएको छ ।






















