देश

ललितपुरको शुभाने खोलामा आएको बाढीले बगाउँदा एक महिलाको मृत्यु, बालिका बेपत्ता

जगत ठाडा मगर
२०७८ भदौ १२ | बिहान ०८:०५ बजे

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका-६ आश्राङ र सोही गाउँपालिका -७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु भएको छ भने बालिका बेपत्ता भएकी छन् ।

विगत तीन दिनदेखिको अविरल वर्षाका कारण शुक्रबार आएको बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा सञ्जुको मृत्यु भएको हो भने उनीसँगै रहेकी अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएकी छन् ।

बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुलेको छैन । महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र क्षेत्रीले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको बताए । -रासस

कमेन्टहरु