देश

बिभिन्न मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ११ | मध्यान्ह ०१:०५ बजे

सिराहा ११ भदौ । सिरहा प्रहरीले लागूऔषध मुद्दा र नागरिकता सम्बन्धी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा नम्वर २ का २१ वर्षीय बिष्णुदेव दास र सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्वर ५ का ४९ वर्षीय राम प्रसाद महरा रहेका छन् ।

दासलाई लागूऔषध मुद्दामा जिल्ला अदालत सिरहाले २०७६ असार ३० गते ५ वर्ष कैद र ३ लाख १ हजार ९ सय २५ रुपैयाँ फैसला सुनाएको थियो भने महरालाई २०७० फागुन १२ गते नागरिकता सम्बन्धी मुद्दामा ९ महिना कैद सजाय सुनाएको थियो । गाउँघरमै लुकीछिपी बसेको अवस्थामा दुबै जनालाई बिहीबार …

कमेन्टहरु