देश

कपिलवस्तुको बाणगँगामा प्रहरी हु भन्दै ठगी गर्ने एकजना युवक पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ११ | बिहान ०८:०५ बजे

कपिलवस्तु । जिल्ला कपिलवस्तु भित्र रहेको बाणगंगा नगरपालिकामा घुमुवा प्रहरी हुँ भन्दै स्थानीय संग डर धम्की गरि ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन ।

पक्राउ परेका युवक कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं.१० का २५ बर्षिय आशिक अलि मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ !

पक्राउ परेका मुसलमानले बिभिन्न समयमा प्रहरी हु भन्दै स्थानीयलाई थर्काउने, डर देखाउने, धम्की दिने, होटेलमा नास्ता र खाना खाने, पैसा नतिर्ने गरेको अवस्था पाइएको छ । मुसलमानले आफुलाई ईलाका प्रहरी कार्यालय पिपरा अन्तर्गतको सिआइडी (घुमुवा प्रहरी) हु भन्दै धम्की र डर देखाउदै आएका थिए ।

मुसलमान युवकलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ सिद्धिपुरबाट प्रकाउ गरेको हो ।त्यसमाथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दान बहादुर कार्कीले जनाएको हो !

कमेन्टहरु