देश

नियम विपरीत सशस्त्र प्रहरी बलले गर्यो घुमुवा परिचालन, सशस्त्र प्रहरी उपरीक्षक र डिआइजीको अबैध धन्दा सुरू

जगत ठाडा मगर
२०७८ भदौ १० | मध्यान्ह १२:०५ बजे

पर्सा, १० भदौ / सशस्त्र प्रहरी बल नेपालका प्रमुख आइजिपी शैलेन्द्र खनालले आफ्नो संगठनमा कुनै किसिमको घुमुवा परिचालन नगर्ने बताइरहेकै बेला पर्सा जिल्लामा घुमुवा परिचालन भएको स-प्रमाण फेला परेको छ । संगठनको नीति निर्देशनलाइ धज्जी उडाउदै घुमुवा परिचालन गरि मासिक लाखौ रूपैया आर्थिक कलेक्सनमा समेत लागेको बताइन्छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले आफ्नो संगठनको नीति निर्देशन विपरीत कार्य गरिरहेपनी डिआइजी चन्द्र प्रकाश गौतमको मौनताले मिलोमतो रहेको बारे प्रस्टयाउछ । सशस्त्र प्रहरी उपरीक्षक खडकाले घुमुवाको रूपमा सशस्त्र प्रहरी सहायक हवलदार जितेन्द्र सहनीलाई नियुक्त गरेका छन । घुमुवा सहनी सीमा नाकाबाट हुने अबैध क्रियाकलापबाट सशस्त्र प्रहरी उपरीक्षक र डिआइजी गौतमको नाममा मासिक लाखौ रूपैया उठाउदै आएका छन । अबैध तरिकाले उठाएको रकमबाट माथिल्लो निकायसम्म भाग बन्डा लाग्ने गरेको छ ।

सशस्त्र प्रहरीले घुमुवा परिचालन गर्नसाथ पर्सा जिल्लाको विभिन्न नाकाबाट अबैध क्रियाकलाप सुरू भएको छ । सीमा नाका हुँदै अलि र महादेव भनिने भैंसी तस्करको कार्य सुरू भएको छ भने जयलाल, मुन्ना, मुखतार, सुरेन्द्र, दिपक लगायतको तस्करहरू सलबलाएका छन । तस्कर समुहले आफ्नो कार्यलाई तिब्रता दिनसाथ बिरगंज भन्सारको राजस्वमा समेत कमि आएको छ । गृह मन्त्रालयले सरूवाको तयारी गरिरहेकै बेला सशस्त्र प्रहरी उपरीक्षकले घुमुवाको माध्यमले सीमा नाकालाइ कमाइ खाने भाडो बनाएका छन ।

आफु इमान्दारिता पूर्वक काम गरिरहेको दाबी गर्ने डिआइजी चन्द्र प्रकाश गौतम लगायत गृह मन्त्री बालकृष्ण खाणले यसतर्फ ध्यान दिने हो कि होइन हेर्न बाकी नै रहेको छ ।

कमेन्टहरु