देश

सप्तरीमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ ९ | मध्यान्ह ०१:०५ बजे

सप्तरी, ०९ भदौ । सप्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक किशोरीको बुधबार विहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नम्वर १० ईनर्वा बस्ने रामलखन खंगकी अन्दाजि २ वर्षीय छोरी अंजलि कुमारी मंडलको खेत छेउमा खाली रहेको जग्गामा जमेको पानीमा डुबरे मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

घर देखि २ सय मिटर उत्तरमा रहेको स्थानीय कमल मंडलको खेत छेउमा जमेको पानीमा डुबेको अवस्थमा उनकै आमाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटना लगतै प्रहरी टोलि पुगेर शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाईएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु