राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी विजयनगर गाउँपालिका सभापतिमा लोकेश थापा चयन

नन्द किशोर कुर्मी (लालु)
२०८३ जेष्ठ १३ | मध्यान्ह ०९:०२ बजे

कपिलवस्तु । गौतम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयनगर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लोकेश थापाको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा मो. जुवेद खान, सचिवमा कमल बहादुर थापा तथा सहसचिवमा सीमा अर्याल चयन हुनुभएको छ । सदस्यहरूमा जुना परियार, गोबरे यादव अहिर र मोहम्मद आरिफ खान चयन हुनुभएको छ ।

त्यसैगरी अधिवेशनले केन्द्रीय प्रतिनिधिमा चिन्ता बहादुर दर्जी, प्रदेश प्रतिनिधिमा अर्जुन सापकोटा तथा जिल्ला प्रतिनिधिमा कृष्ण प्रसाद भण्डारी, तेजप्रसाद पौडेल र फुलचन्द चौधरी निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै केन्द्रीय सल्लाहकार विष्णु हरि शर्माले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको बताउनुभयो । उहाँले पुराना राजनीतिक शैलीप्रति जनताको निराशा बढिरहेका बेला रास्वपाले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिमार्फत नागरिकको विश्वास जित्दै गएको उल्लेख गर्नुभयो । उहाँले पार्टी संगठनलाई वडा तहदेखि नै बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै जनताको समस्या, गुनासा र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्ने संस्कार विकास गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

707506242 991810540003918 761028617075349276 n

राजनीति केवल चुनाव जित्ने माध्यम होइन, जनताको जीवनस्तर परिवर्तन गर्ने अभियान हो,उहाँले भन्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य मिर्जा राशिद बेग ले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँले देश परिवर्तनका लागि युवाहरू सचेत र सक्रिय बन्दै गएको उल्लेख गर्दै संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जनताको समस्या, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषयमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कार्यकर्तालाई जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन र सामाजिक मुद्दामा सक्रिय भएर काम गर्न आग्रह गर्दै रास्वपाले वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनविश्वास जित्दै गएको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला सभापति सुवेदीले सुकुम्बासीहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभयो । उहाँले वर्षौंदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्या अब क्रमशः समाधानतर्फ अघि बढिरहेको उल्लेख गर्दै वास्तविक सुकुम्बासीलाई उचित अधिकार दिलाउन, लालपुर्जा वितरण गर्न तथा व्यवस्थित बसोबासको सुनिश्चितताका लागि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले केही विपक्षी दल तथा व्यक्तिहरूले जनतालाई भ्रममा पार्ने उद्देश्यले विभिन्न किसिमका हल्ला फैलाउने काम गरिरहेको आरोप पनि लगाउनुभयो ।

सरकारले गरिरहेको सकारात्मक कामलाई कमजोर बनाउन गलत प्रचार गरिएको भन्दै उहाँले यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

कमेन्टहरु