ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

रासस
२०८३ जेष्ठ ११ | मध्यान्ह १२:०२ बजे

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ ।उक्त कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको छ ।
उनले भने, “उपत्यकामा चौबिस घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ४५३ जना चालकहरूलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट जम्मा रकम रु ११ लाख ५१ हजार राजस्व दाखिला भएको छ ।”
मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।






















