राजनीति

हुदै नभएको कुरा नगर्न अशोकलाई चेतावनी, आँफुहरु मुल बाटो मै रहेको जानकारी

नवलपुर टुडे
२०८३ जेष्ठ ९ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं । समाजवादी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्य सीता गाैतम(रामेछाप) र आकाश कार्की (जाजरकोट) ले अशोक सुवेदीले आँफुहरुलाई जानकारी नै नदिई नक्कली हस्ताक्षर बनाई विज्ञप्ति निकालेको भन्दै सार्वजनिक चेतावनी दिएका छन् । उनिहरुले चेतावनी दिदै भनेका छन् आँफुहरु पुर्ण बहादुर समरजंगले नेतृत्व गरेको समाजवादी कम्युनिस्ट पार्टी नेपाल मै रहेको बताएका छन् । उनिहरुले आआफ्ना सामाजिक संजाल मार्फत जानकारी दिएका छन् :

१) सीता गाैतम : `हाम्रो पार्टी समाजवादी कम्युनिस्ट पार्टी नेपालबाट कारबाहीमा परेका कमरेड अशोक प्रसाद सुबेदीले हाम्रो पार्टीका विरुद्ध जारी गरेको विज्ञप्तिमा मसँग अनुमति नै नलिई मेरो नाम समावेश गरिएकोप्रति घोर आपत्ति व्यक्त गर्दछु। म समाजवादी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिमै रहेको र अशोक सुवेदीले सिर्जना गरेको भ्रममा नपर्न सबैलाई अनुरोध गर्न चाहन्छु। साथै आफ्नो स्वार्थपूर्तिका लागि मेरो राजनीतिक चरित्र हत्या गर्ने र पार्टीप्रतिको मेरो विश्वासमाथि शङ्का उब्जाउने षड्यन्त्र नगर्न पनि म चेतावनी दिन चाहन्छु ।´

२) आकाश कार्की : `जानकारी
उपरोक्त सम्बन्धमा यो जानकारी गराउँदछौँ कि कमरेड अशोक प्रसाद सुवेदीले नेतृत्व गरिएको भनिने समूहका कुनै पनि गतिविधिहरूसँग समाजवादी युवा संगठन नेपालको कुनै सहमति एवम् समर्थन नरहेको अवगत गराउँदछौँ। साथै कमरेड अशोक सुवेदीले नक्कली हस्ताक्षर प्रयोग गरेर म र युवा संगठनलाई दुरुपयोग न गर्न चेतावनी दिन चाहन्छौँ। सम्पूर्ण युवाहरूलाई कुनै पनि भ्रममा नपर्ना तथा राष्ट्रिय युवा अभियानमा एक जुट हुन अपील गर्दछौँ ।
क्रान्तिकारी अभिवादन !
९ जेठ, २०८३
आकाश कार्की
अध्यक्ष
समाजवादी युवा संगठन नेपाल´

WhatsApp Image 2026 05 23 at 14.07.35 1WhatsApp Image 2026 05 23 at 14.07.35 2

कमेन्टहरु