रुसी तेलमाथिको अमेरिकी प्रतिबन्धमा दिइएको छुट समाप्त: इन्धनको मूल्य थप बढ्ने चेतावनी


वाशिङटन डीसी । अमेरिकाको अर्थ मन्त्रालयले रुसी तेलमाथि लगाइएको प्रतिबन्धमा प्रदान गरिएको अस्थायी छुटको अवधि समाप्त भएको घोषणा गरेको छ। शनिबारदेखि लागू भएको यो निर्णयसँगै विश्व बजारमा तेल आपूर्तिमा संकुचन आउने र इन्धनको मूल्य अझ बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ।
सोही आपूर्ति अभावलाई टार्न समुद्रमा रोकिएका रुसी कच्चा तेलका कार्गोहरू खरिद गर्न अनुमति दिइएको थियो।यस छुटको अवधिमा भारतले रुसी तेलको आयातमा कीर्तिमानी वृद्धि गर्दै दैनिक २३ लाख ब्यारेलसम्म पुर्याएको थियो। अब छुट समाप्त भएसँगै भारत लगायतका ठूला तेल आयातकर्ता देशहरूले वैकल्पिक स्रोतको खोजी गर्नुपर्ने बाध्यता आइपरेको छ।
ऊर्जा विश्लेषकहरूका अनुसार यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यलाई प्रतिब्यारेल १०० डलरभन्दा माथि नै राख्न दबाब दिनेछ। यसको प्रभाव अमेरिकी बजारमा पनि देखिन थालेको छ, जहाँ पेट्रोलको औसत मूल्य प्रतिग्यालोन ४ डलर ५ सेन्ट पुगिसकेको छ।प्रतिबन्ध फेरि कडा पारिएपछि विश्वभर नै इन्धनको मूल्यमा थप वृद्धि हुन सक्ने विज्ञहरूको अनुमान छ।





















