घरका बुढिलाई बिचल्ली पारी अर्को श्रीमती लिएर फरार, गान्बा थामीलाई खोजी दिन परिवारको आग्रह

जगत ठाडा मगर
२०७८ भदौ ७ | बिहान ०७:०५ बजे

गम्भीर थामी
दोलखा । दोलखा बिगु गाउँपालिका ८ खोपाचागु साबिक थामिचागु १ उकुराङ्ग स्थाई घर भएका एक जान युबाले घरमा जेठी बुढी हुदा हुँदै अर्काको श्रीमती लिएर फरार भएका छन ।
हाल अस्थाई रुपमा चरिकोट नागी धारा बस्ने मनबहादुर थामीको छोरा गान्बा थामीले घरमा श्रीमतीलाई बिचल्ली पारेर अर्काको श्रीमतिलाई लिएर फरार भएको छ ।
फरार गान्बा थामीले श्रीमतीमा मात्र पिडित बनाएको छैन । उनले स्थानियको पैसा उठाएर फरार भएका छन । निज फरार भएपछि स्थानीयले उनको खोजिकार्य गर्न र निजले लगेको पैसा दाजुभाई र आमाको घर जग्गा कब्जा गरि बुझाउन परिवारलाई दबाब दिएका छन ।
उनलाई कतै देख्नु हुनेले नजिकको प्रहरी कार्यालय र निजको आमाको मोबाइल नम्बर- 9862367150 मा सम्पर्क गरि सहयोग गर्न अनुरोध गरेको छ ।






















