घटना

तनहुँमा चट्याङ लागेर युवतीको मृत्युु

नवलपुर टुडे
२०८३ जेष्ठ ३ | बिहान ०५:०२ बजे

डुम्रे (तनहुँ) । ट्याङ लागेर यहाँ एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी १९ वर्षीया ललिसा थापा रहेकी छिन् ।

आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो ।

कमेन्टहरु