प्रबास

इजरायल र लेबनान ४५ दिन युद्धविराम विस्तार गर्न सहमत : अमेरिका

एजेन्सी
२०८३ जेष्ठ २ | मध्यान्ह १२:०२ बजे

वासिङ्टन डीसी । इजरायल र लेबनानले आगामी ४५ दिनका लागि युद्धविराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागले जानकारी दिएको छ । अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले वासिङ्टनमा सम्पन्न भएको शान्ति वार्ता फलदायी भएको बताउँदै आगामी जुन २– ३ मा राजनीतिक वार्ता जारी रहने कुरामा जोड दिएका छन् ।

यसैबिच, मे –२९ मा पेन्टागनमा “सुरक्षा ट्र्याक“ सुरु हुने र यसमा इजरायल र लेबनानका दुवै अधिकारीहरू उपस्थित हुने जनाइएको छ । छलफलले दुई देशबिच स्थायी शान्तिलाई अगाडि बढाउने, एक अर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पूर्ण मान्यता दिने र उनीहरूको साझा सीमामा वास्तविक सुरक्षा स्थापना गर्ने पिगटलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

इजरायलले शुक्रबार दक्षिण लेबनानमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएपछि युद्वविराम प्रयास गरिएको लेबनानको सरकारी मिडियालाई उद्धृत गर्दै अल जजिराले रिपोर्ट गरेको छ ।

लेवनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च –२ देखि इजरायलले गरेको आक्रमणमा दुई हजार ९५१ जनाको मृत्यु भएको छ । यद्यपि जारी शान्ति वार्ताको बिचमा, हेजबुल्लाहले बुधबार दक्षिणी लेबनानमा इजरायली सैन्य केन्द्र सवारी साधनहरूलाई लक्षित गरी १७ वटा अपरेसन गरेको इरानी मिडियाले जनाएको छ ।

अपरेसनहरूमा आठ वटा ड्रोन आक्रमण, पाँचवटा क्षेप्यास्त्र वा रकेट आक्रमण, एउटा तोपखाना आक्रमण र एउटा निर्देशित क्षेप्यास्त्र प्रक्षेपण समावेश रहेको मिडियाले जनाएको छ ।

यसैबिच इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नो आधिकारिक टेलिग्राम च्यानल मार्फत केही समय अघि दक्षिणी लेबनानमा आईडीएफ सैनिकहरू क्षेत्रमा पहिचान गरिएको हवाई लक्ष्य तर्फ इन्टरसेप्टर प्रक्षेपण गरिएको जनाएको छ ।

कमेन्टहरु