इरानमाथि अस्ट्रेलियाको नयाँ प्रतिबन्ध र यात्रा प्रतिबन्ध


सिड्नी । अस्ट्रेलियाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । त्यहाँकी विदेशमन्त्री पेनी वोङले इरानविरुद्ध नयाँ प्रतिबन्ध तथा यात्रा प्रतिबन्ध घोषणा गरेकी छिन् । अस्ट्रेलियाले इरानका सात जना व्यक्ति र चार संस्थामाथि प्रतिबन्ध लगाएको हो । आफ्ना नागरिकमाथि इरानले निरन्तर क्रूर दमन गर्दै आएको र क्षेत्रीय अस्थिरता बढाएको आरोप अस्ट्रेलियाको छ ।
उक्त प्रणालीमार्फत इरानले हमासजस्ता समूहलाई सहयोग गर्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सञ्चालन गर्ने तथा अन्य अस्थिर गतिविधिमा संलग्न रहने आरोप लगाइएको छ । यी नयाँ प्रतिबन्धहरू अमेरिका र बेलायतले सोमबार इरानी व्यक्ति तथा संस्थामाथि नयाँ प्रतिबन्ध घोषणा गरेपछि आएका हुन् ।
प्रतिबन्ध इरानलाई हतियार कार्यक्रम, आतङ्कवादी सहयोगी समूह तथा आणविक महत्वाकांक्षाका लागि आवश्यक वित्तीय स्रोतबाट वञ्चित गराउने आफ्नो योजनाको हिस्सा भएको अमेरिकी भनाइ छ ।






















