‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

रासस
२०८३ बैशाख २९ | बिहान १०:०१ बजे

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ४ घर भई हाल पोखरा महानगरपालिका–१५ बस्ने २८ वर्षीय सम्राट गुरुङ रहेका छन् ।
खड्का र खनालबीच आर्थिक लेनदेन र मोबाइलको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
खनालको मोबाइल खड्काले चलाउँदै आएको तर फिर्ता माग्दा सामाजिक सञ्जालमा विवाद भएको भेटिएको पुरीले बताए । गुरुङ्ले खड्कालाई लुकाइछिपाइ राख्ने सहयोग गरेको अभियोगमा पक्राउ गरिएको हो । दुवै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएर थप अनुसन्धान सुरु गरिएको उनले बताए ।






















