अमेरिकी प्रतिबन्ध लागू गर्ने देशहरूलाई स्ट्रेट अफ होर्मुजमा सकस: इरान

एजेन्सी
२०८३ बैशाख २७ | मध्यान्ह ०१:०१ बजे

तेहरान । इरानविरुद्ध अमेरिकी प्रतिबन्ध लागू गर्ने कुनै पनि देशले स्ट्रेट अफ होर्मुजमा हुँदै आवतजावत गर्दा निश्चित रूपमा कठिनाइ सामना गर्नुपर्ने चेतावनी इरानले दिएको छ । इरानका सैन्य प्रवक्ता ब्रिगेडियर जनरल अक्रामी निआले यस्तो चेतावनी दिएका हुन् ।इरानी समाचार संस्था तास्निम न्यूज एजेन्सीका अनुसार नियाले युद्धका क्रममा शत्रुको कुनै पनि उद्देश्य पूरा नभएको दाबी गरेका छन् ।
जारी युद्धविराम अवधिमा इरानले आफ्ना सैन्य क्षमता अझ सुदृढ बनाएको, सम्भावित लक्ष्यहरूको सूची अद्यावधिक गरेको तथा रक्षात्मक र आक्रामक रणनीतिमा सुधार गरेको पनि निआले बताएका छन् ।

















