घटना

मुगुमा मृत अवस्थामा महिला फेला

तपेन्द्र एडी
२०८३ बैशाख २५ | मध्यान्ह ०८:०१ बजे

मुगु, वैशाख २५। कर्णाली नदिको किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मुगुको मुगुम कार्मारोङ गाउपालिका वडा नं ६ बस्ने श्रीमान पेमा तोर्चे लामाका वर्ष ४१ कि टोमा लामाको रिउस बगर स्थित मुगु कर्णाली नदिको बिचमा मृत अवस्थामा फेला परेकी हुन ।

उक्त मृत अवस्थामा फेला परेको भनि मुगुम कार्मारोङ गा.पा वडा न. ७ का स्थानीय ठिल्ले लामाले प्रहरी चौकी पुलुलाई जानकारी गराउन साथ प्रहरी नायब निरीक्षक बीर बहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको टोलीले घटनास्थल तर्फ गई थप अनुसन्धान गरिरहेको बताईएको छ ।
यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक डिएसपी रविराज थपलियाका अनुसार यहि बैशाख २२ गते राति ८ बजेतिर घरबाट हराई रहेकी थिइन । मृतक लामाको शुक्रवार मुगु कर्णाली नदिको बिचमा मृत अवस्थामा ४ दिन पछि शब फेला परेको उनको भनाई छ।

घटना बारे थप अनुसन्धान भई रहेको डिएसपी थपलियाको भनाई छ ।

कमेन्टहरु