घटना

चितवनमा ढुङ्गा खसेर गाडीमा आगलागी

नवलपुर टुडे
२०८३ बैशाख २४ | मध्यान्ह ०८:०१ बजे

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी भएको छ। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बीएडी ४०१४ नम्बरको गाडीमा आगलागी भएको हो।

माथिबाट खसेको ढुङ्गा गाडीको इन्धन ट्याङ्कीमा लाग्दा ठोक्किएर आगलागी भएको र गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। दुर्घटनाबाट मानवीय क्षति भने नभएको उनले बताए।

कमेन्टहरु