४ किलो चरेससहित ३ कञ्चनपुरमा जना पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ५ | बिहान ०८:०५ बजे

कञ्चनपुर । चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट प्रहरीले शुक्रवार तीन जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले चार किलो ४९० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार चरेससहित पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका–२ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबीस पाथिभरा गाउँपालिका–५ का ३२ वर्षीय झलक जाग्री रहेका छन् । पक्राउ परेकामाथि अनुसन्धान कार्य भइरहेको छ ।






















