देश

खोटाङका नागरिकहरुले अवैध रुपमा चलाउँदै आएको बन्दुक प्रशासनलाई बुझाउन थाले

जगत ठाडा मगर
२०७८ भदौ ४ | मध्यान्ह ०९:०५ बजे

उमेश भुजेल
खाेटाङ । खोटाङका नागरिकहरुले अवैध रुपमा चलाउँदै आएको बन्दुक प्रशासनलाई बुझाउन थालेका छन् । जिल्लामा अवैध रुपमा बन्दुक चलाउने र बन्दुक सहित स्थानीय प्रहरीले गोप्य सुरागीका आधारमा नियन्त्रणमा लियर अवैध हात हतियार सम्बन्धी र अवैध खरखजना सम्बन्धी मुद्दा चलाउने भएपछि स्थानीयले उक्त भरुवा बन्दुक बुझाउन थालेका छन् ।

भाद्र ३ गते मात्रै जिल्लाको ऐशेल्खर्क गाउँपालिका वडा नं ४ जलेश्वरीका स्थानीले अवैध रुपमा चलाउँदै आएका १७ थान भरुवा बन्दुक तथा भरुवा बन्दुकमा प्रयोग हुने बेसाबुद जिल्ला प्रशासन कार्यालय खोटाङमा बुझाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनु भयो । उनीहरुले नेपाल सरकारलाई बुझाइएको भरुवा बन्दुकलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय खोटाङले पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको छ ।

वन्यजन्तुको चोरी शिकार तथा जिल्लामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यका साथ प्रशासनले अवैध हतियार सङ्कलन अभियान नै शुरु गरेर अवैध रुपमा प्रयोग भएका हात हतियार बरामद गरिरहेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रजिअ शर्माले यो अभियानलाई जिल्लाको दशै वटा स्थानीय तहमा चालाईने बताउनु भएको छ । उहाँले भन्नु भयो जिल्ला प्रशासनको अभियानमा साथ दिनको लागि जलेश्वरीका स्थानीय बासिन्दाले आफ्नो घरमा राखेका अवैध भरुवा बन्दुक आफैले ल्यायर प्रशासनमा बुझाएका छन् । अरुले पनि यसलाई उदाहरण मानेर बुझ्नु पर्ने बताउनु भएको छ । त्यस्ता नागरिकलाई पुरस्कृत समेत गरिने उहाँको भनाई छ । स्थानीयले बन्वजन्तुको विग विगेले गर्दा अबैध रुपमा भरुवा बन्दुक चलाएको बताउने गरेका छन् ।

यस भन्दा अघि जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाको विभिन्न ठाउँबाट अबैध रुपमा चलाइएका भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित दर्जन बढी स्थानीय बासिन्दालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुसेनीका ४२ वर्षीय डम्बरबहादुर कार्की, उनका ३५ वर्षीय भाइ द्रोण कार्की, उनकै २६ वर्षीय भाइ रविन्द्र कार्की र भरुवा बन्दुक बनाउने ७४ वर्षीय कृष्ण विश्वकर्मालाई भरुवा बन्दुक, वन्यजन्तुको अङ्ग र भरुवा बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थ र भरुवा बन्दुक बनाउने प्रयोग गरिने सामान सहित गत जेठ–१ गते उनीहरुको घरबाटै पक्राउ गरेको थियो ।

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसहित तीन जनालाई पनि गत साउन–११ गते भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्टहरु