देश

पश्चिम नवलपरासीको विष्णुपुरामा विशाल तकिया मेला

जगत ठाडा मगर
२०७८ भदौ ४ | मध्यान्ह ०९:०५ बजे

बिनोद निगम

नवलपरासी । मुस्लिम समुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाईएको छ ।

IMG 20210820 214504 837

यस वर्ष जिल्लाको महेशपुर र भुजहवा, विष्णुपुरा लगायत विभिन्न स्थानमा विशाल तजिया बनाईएको छ।
यसैगरी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ हरपुरमा विशाल ताजिया निमार्ण गरिएको छ ।

IMG 20210820 214506 459

जसको क्षेत्रफल करिब ८५ फिट उचाइ रहेको छ । मुस्लिम समुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा ताजिया निर्माण गरी दर्शन गर्ने गरिन्छ । जिल्लाको ग्रामीण भेगका विभिन्न ठाउँहरूमा बासको ठुलो/ठुलो ताजिया बनाई भब्य रूपले दर्शन गरिएको छ ।

यसैगरी हरपुरको विशाल ताजिया निर्माण गरिएको ठाउँहरूमा सोमबार संम्म थकडी ढाकतास, लाठी, भाला, भेडा, जुधाउने समेत खेल प्रतियोगिता गरिन्छ । जसमा प्रथम हुने टिमलाई एक थान साईकल प्रदान गरिने ताजिय मेला ब्यवस्थापन समितीले बताएको छ ।

ग्रामीण भेग हरपुरमा निर्माण ताजिया गाउँलेहरूको आर्थिक सहयोगमा निर्माण भएको हो । ११ खण्डमा विभाजन भएको ताजिया निर्माणका लागि बाँस ,रिम, कागज, काटी, तार र गम आवश्यक पर्ने गरेको ताजिया समितिको भनाइ छ । ताजिया दर्शन गर्न नेपाल र छिमेकी राष्ट्रय भारतबाट आउने दर्शनार्थीहरूको घुईचो लाग्ने गरेको छ ।

IMG 20210820 214515 332

हिजरीको पहिलो महिना मोहरर्मुल हरामको १० तारिखका दिन ईस्लामको संरक्षक मानिने धर्मगुरू हजरत इमाम हुसैनको आफ्नो घरपरिवार सहित ७२ जनालाई इस्लाम धर्मलाई बचाउनका लागि इराकको बगदाद स्थित करबलामा सहिद भएकोले उनको यादलाई तारोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परा चल्दै आएको छ केही हिन्दु र मुस्लिमले व्रत समेत बस्ने गरेका हुन्छन् ।

देशका विभिन्न तराई क्षेत्रमा ठुलो/ठुलो बासका ताजिय हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र दर्शन गर्ने गर्दछन ।

कमेन्टहरु