यातायात

वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध

नवलपुर टुडे
२०८३ बैशाख १६ | बिहान ०७:०१ बजे

काठमाडौँ। हिजो राति परेको  वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय  बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि  यातायात ठप्प भएको हो ।  अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिए ।

उनले भने,’अहिले दुई ठाउँमा सडक बन्द छ, हामी खुलाउने प्रयासमा छौँ । ढिलोमा बिहान १० बजेसम्म सडक खुल्नेछ ।’ वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् । सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको उनले बताए ।

कमेन्टहरु