देश

विगतका कमीकमजोरीलाई सुधार गरेर अगाडि बढछौँ अध्यक्ष यादव

जगत ठाडा मगर
२०७८ भदौ ४ | मध्यान्ह १२:०५ बजे

महेश सिंह
सिरहा लहान ४ भदौ- औरही गाउँपालिकाको छैठो गाउँसभा कार्यक्रम सम्पन्न भएको छ।२०७८÷०७९ को बजेट कार्यक्रमको प्रमुख अतिथि सिदार्थ यादवको अतिथ्यमा कार्यक्रम सम्पन्न गरेको छ्।
photo 2021 08 20 12 03 31

गाउँ सभामा पाँचै वडाका वडा अध्यक्ष जनप्रतिनिधि सुरक्षाकर्मी पत्रकार लगायत उक्त गाउँकार्यपालिकामा सेवा दिने कर्मचारीहरु लगायत प्रमुख प्रशासकिय अधिकृतको उपस्थितमा गाउँसभा सम्पन्न भएको छ।

औरही गाउँपालिकाका सिदार्थ यादवका अनुसार विगतका कमीकमजोरीलाई सुधार गरेर सिरहाका १७ वटै स्थानियतह मध्ये औरहीलाई उत्कृष्ट गाउँपालिका बनाउनु पर्नेमा जोड दिएका छन् ।

छैठो गाउँसभामा अध्यक्ष यादवले धेरै कमीकमजोरी सुधार गरेर औरही गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित गर्न लागेका हुन् ।

बिपक्षी प्रतिनिधिहरुको कारण बिकास निर्माणको कार्यमा घिचातानी भए पनि अबको नयाँ वजेट पारित हुने लगत्तै बिकास निर्माणमा तिव्रता दिने बताए ।
पक्षविपक्षको सवाल नउठाई जनताको हकहित भनाले बिकास हो भनी तथ्य लिएर हामीलाई सवैको साथको खाचो रहेको बताउनु भयो।

योजना पुर्ण रूपमा कार्यान्वयन गर्नलगायत गाउँपालिकाको हरेक कार्यमा कर्मचारी र जनप्रतिनिधिबीच समन्वयतात्मक सम्वधन हुनु पर्नेमा प्रमुख प्रशासकिय अधिकृत साहले जोड दिनुभएको छ । साहका अनुसार बजेट तथा कार्य सवैलाई भलो गर्ने हिसावले अगाडी बढाउन यहाँवाट पारित भएको निति नियम लागुहोस बताउँदै भने बिकास निर्माण जस्ता कार्यका लागि भुक्तानी गर्न नियम कानुनको परिधि भित्र रहेर स्थानियहरुकै हकहितमा कार्य गर्न जतिबेला जुनवेला सक्रिय रहेको बताए ।

उपभोक्त समिति गठन गरे पनि काम गर्न नसकेको यथार्त सबैका नछुपेको बताउदै अध्यक्ष यादवले कार्यालयबाट पनि समयमा योजनाहरूको काम नसकेकोमा आपति जनाएको छ।अध्यक्ष यादवले भने ईतिहास फेरिन तराई मधेशका जनताहरुले कति आन्दोलन गरी संघियता पहिलो पनामा लेखन पाएको छु जसले स्थानिय,प्रदेश र केन्द्र गरी तिन तहमा बिभाजन भएर आफनै गाउँठाउँमा सिंहदरवार तथा स्थानिय सरकार हुँदा हामी दुर्गम वासी हो भनी महसुस नगरी भाग्यशाली बनेको अनुभव गर्दछु ।

बिपक्षीहरुलाई सम्वादमा आउन आग्रह गरे पनि एकअर्कामा मनमोटाव जस्ता बिकृतिजन्य क्रियाकलापलाई बिर्शेर हाथोमैलो गरी सौन्र्य औरही गाउँपालिका बनाउनेमा जोड दिएकोछ । अन्तिममा भने अरूलाई मात्र दोष दिएर आफू पन्छिन मिल्दैन उनले भने ।

सबैले आ आफ्नो जिम्मेवारी लिन सक्नु पर्छ । गाउँपालिकाको छैठो गाउँसभामा सहभागी सबै जनप्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूलाई विशेष स्वागत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामनारायण साहले गाउँसभामा सहभागी सबैले गाउँसभामा उठेका सवाल र विषय सुन्नु पर्ने बताएको छ । ०७८÷०७९ को नयाँ वजेट सार्वजनिक नगरेकोले अर्को समाचार मार्फत नै बजेट सार्वजनिक हुने अध्यक्ष यादवले बताए ।

कमेन्टहरु