देश

जनकल्याण युवा क्लबद्धारा रक्तदान, ३५ युनिट रक्त संकलन

जगत ठाडा मगर
२०७८ भदौ ३ | मध्यान्ह १०:०५ बजे

प्रभुनाथ गुप्ता
२०७८भदौ ३ कपिलवस्तु । “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै शुद्धोधन गाउपालिका लबनीमा रहेको जनकल्याण युवा क्लबले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु जिल्ला शाखाको सहयोगमा लबनी स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
photo 2021 08 19 22 02 50

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे, विशिष्ट अतिथि शु.गा.पा. प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली,अतिथिहरु शु.गा.पा.स्वास्थ शाखा प्रमुख अस्फाक अहमद खान,शु.गा.पा.शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा(रक्तदाता ), कमलेश शरण चौधरी(युवा समाजसेवी ),लबनी प्रहरी चौकी इन्चार्ज दामोदर डाङि लगायत क्लबका पदाधिकारि, समाजसेवी तथा उधोगीहरुको उपस्तिथिमा रक्तदान कार्यक्रम समापन भएको जनकल्याण युवा क्लबका अध्यक्ष पृथ्वी राज चौधरीले बताउनुभयो ।

क्लबले कोरोना संक्रमण विरुद्ध उच्च सतर्कता अपनाउँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो सबै रक्तदाताहरुलाई सुरक्षाका लागि मास्क अनिवार्य गराइएको रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । पृथ्वी राज चौधरी(अध्यक्ष )ले यस्तो बिषम परिस्थितिमा समेत अत्यन्तै सतर्कताका साथ सामाजिक दूूरी कायम राख्दै जनकल्याण क्लबले रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक तथा रक्तदातालाई धन्यवाद तथा आभार प्रकट गर्नु भयो।

यस्तो अवस्थामा रगतको अभाव देखिएकोले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भनेर रक्तदान जस्तो अत्यन्तै मानविय कार्य गरेको भन्दै कमलेश शरण चौधरी क्लबलाई आजसम्म आर्थिक, सामाजिक तथा भौतिक योगदान दिदै सफल युवा समाजसेवीको परिचय दिनु भएको छ।

अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न सरकारले गरेको आग्रह अनुसारनै औपचारीक कार्यक्रम नगरी रक्तदान सम्पन्न गरिएको क्लबका अध्यक्ष पृथ्वी राज चौधरीले बताउनुभयो । कपिलवस्तुको शुद्धोधन र मायादेवीलाई आफनो कार्यक्षेत्र बनाएको क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आउदो आर्थिक बर्ष कपिलवस्तु जिल्लाको १० स्थानीय तहलाई कार्यछेत्र बनाउने प्रयास रहेको क्लबका अध्यक्ष चौधरीले बताउनुभयो । जनकल्याण युवा क्लबले आफ्नै लगानीमा २ वर्ष भित्र यस्ता सयौं सामाजिक उत्थान तथा युवा सशक्तीकरण कार्यक्रम गर्दै आएको छ ।

कमेन्टहरु