देश

प्रदेश २ को सप्तरी र महोत्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ ३ | मध्यान्ह ०८:०५ बजे

रामनारायण यादव
जनकपुरधाम, ०३ भदौ । प्रदेश नम्वर २ को सप्तरी र महोत्तरीमा पोखरीमा डुबेर एक बालक र एक बालिककाको डुबेर मृत्यु भएको छ । सप्तरी महदेवा गाउँपालिका वडा नम्वर ४ बस्ने सुवन कामैतको ५ वर्षीया छोरी सोनम कुमारी कामैतको मृत्यु भएको हो ।

बुधबार दिउँसो घर नजिकै रहेको फुदन तिवारीको पोखरीमा आफ्नै आमासँग नुहाउन गएको बेला पोखरीमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शवको पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाएको र घटना विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । यस्तै महोत्तरीको सम्सी गाउँपालिका वडा नम्वर १ पर्सा स्थित सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बिहीबार स्थानीय भना साह तेलाीको अन्दाजि १२ वर्षीय छोरा हिरा साह तेलीको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्व पठाईएको र घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कमेन्टहरु