देश

बारामा बस दुर्घटना चालकको मृत्यु ८ जना घाइते

जगत ठाडा मगर
२०७८ भदौ ३ | मध्यान्ह ०८:०५ बजे

बारा, ०३ भदौ । बारामा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना यात्रु घाइते भएका छन् । बिहीबार बिहान बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ चुरियामाई नजिकै उक्त दुर्घटना भएको हो ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको ना ६ ख ४६४१ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बस चालक मकवानपुरको हेटौँडा कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं डिएसपी गौतम मिश्रले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडाकै इन्द्रबहादुर कार्की गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका उनीसहित ८ जनाको हेटौंडामा उपचार भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए ।

कमेन्टहरु