अमेरिकी ‘गोल्ड कार्ड’ भिसा कार्यक्रमअन्तर्गत अहिलेसम्म एक जनालाई मात्र भिसा

एजेन्सी
२०८३ बैशाख ११ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ । अमेरिकामा लागू गरिएको ‘गोल्ड कार्ड’ भिसा कार्यक्रमअन्तर्गत अहिलेसम्म एक जनालाई मात्र भिसा दिइएको छ । अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले बिहीबार यस्तो जानकारी दिएका हुन् ।
यो कार्यक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा सुरु गरेका थिए । यसअन्तर्गत विदेशी नागरिकहरूले १५ हजार डलर तिरेर आवेदन प्रक्रिया छिटो गराउन सक्छन् ।
यसअघि उनले करिब १० हजार मानिसहरूले प्रारम्भिक दर्ता गरिसकेको र भविष्यमा हजारौँ गोल्ड कार्ड बिक्री हुने अपेक्षा गरिएको बताएका थिए । उनका अनुसार यस कार्यक्रमबाट अर्बौँ डलर राजस्व सङ्कलन हुने लक्ष्य राखिएको छ । यो योजना विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ल्याइएको भए पनि यसको प्रभावकारिता र पहुँचबारे अझै बहस जारी छ।






















