देश

सप्तकोशीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई प्रहरीले बचायो

जगत ठाडा मगर
२०७८ भदौ ३ | मध्यान्ह ०८:०५ बजे

सप्तरी, ०३ भदौ । प्रहरीले आात्महत्या गर्ने ६ जनालाई बचाएको छ । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई प्रहरीले बचाएको हो ।

कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले बचाएका हुन् । असार देखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।

प्रहरीले सकुशल उद्धार गरेकाहरुमा सुनसरीको गढीका ७८ वर्षिय पुरुष, बिराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् । त्यसैगरी भारत मधुवनीका २५ वर्षिय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोकका ४० वर्षीया महिला समेतलाई आत्महत्याको लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नगरेन्द्रकुमार कार्कीले आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैकोे सकुशल उद्दार गरी परिवारको जिम्मा लगाइएको बताए ।

कमेन्टहरु